प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सालनाल सहितको मृत शिशु फेला

२०७९-०७-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, राप्ती खोलाको छेउमा हेटौंडा उपमहानगरपालिकाले फोहोर जम्मा गरी फाल्ने स्थानमा ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडा उपमहानगरपलिकाको विभिन्न स्थानहरूबाट फोहोर जम्मा गरी सोहि स्थानमा लगि फोहोर झारी जलाउने फोहोर एकातिर र नजलाउने फोहोर एकातिर फिल्टर गर्ने क्रममा फोहोरको बोरा भित्र प्याक गरिएको अवस्थामा अन्दाजी ९ महिनाको सालनाल सहितको शिशु (बालिका) मृत अवस्थमा फेला परेको । लाश पोष्टमार्टमको लागि हेटौंडा अस्पताल, मकवानपुरमा ल्याईएको । घटनाको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।