प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घट्ना भई उपचारको क्रममा मृत्यु ।

२०७९-०७-२३

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-३, गणेश चोक नजिकै वनकट्टा चोकबाट राइसमिल चोक तर्फ जादै गरेको ना२३प३०९३ नं. को मोटरसाईल र बिपरीत दिशाबाट आउँदै गरेको साईकल लाई ठक्कर दिदा साईकल यात्री जिल्ला चितवन कालिका नगरपालिका-३, बस्ने अन्दाजी ६९ वर्षीय कृष्ण प्रसाद कोइरालाको खुट्टा,हात र अनुहारमा चोट लागि उपचारको लागि पुरानो मेडीकल कलेज भरतपुर पठाएको । निज कृष्ण प्रसाद कोइरालाको उपचारको क्रममा मत्यु भएको । यस सम्बन्धमा दुबै सवारी साधानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।