प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

२०७९-०७-१९

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-५ चिलाउने संसरिडाँडा स्थितमा ट्याक्टर सडक बाट अन्दाजी ९० मिटर तल खस्न गई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन । लिखुखोलाबाट चिलाउने संशरीडाँडा तर्फ पसलको खाध्यन्न सामान लिई जादै गरेको नं.को ट्याक्टर सोहि स्थित उकालो बाटोमा रोकि राखेको अवस्थामा ट्याक्टरमा सवार सोहि बस्ने ३० वर्षीय प्रेम कुमार सुनुवारले चलाउन खोज्दा ट्याक्टर ब्याक भई सडक बाट तल खस्न गई दुर्घटना भएको थियो । चालक प्रेम कुमार सुनुवारको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा सोहि ट्याक्टरमा सवार चिलाउने संसरिडाँडा बस्ने ३६ वर्षीय निल कुमार सुनुवार बेहोस अवस्थामा रहेको र सोहि बस्ने ३८ वर्षीय हित बहादुर खत्री दाहिने खुट्टा फ्याक्चर भएको अवस्था रहेको थियो । निज घाईतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र डाँडाखर्कमा भईहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।