प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षती

२०७९-०७-१२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-५ ढुंग्रेछाप बस्ने लोक बहादुर रायमाझीको घरमा रहेको किराना पसल, मासु पसल, कस्मेटिक पसलमा अचानक आगिलागी भएको छ । आगलागिबाट उक्त पसलहरुमा रहेको सम्पुर्ण सामानहरु जलि नष्ट भएको छ भने घरमा आंशिक रुपमा क्षती भएको छ । कुनै मानबिय तथा चौपाया क्षती भने भएको छैन । उक्त आगोबाट अन्दाजी रू. १२,७५,०००।–(बाह्र लाख पचहत्तर हजार) बराबरको क्षती भएको अनुमान गरिएको छ । आगो प्रहरी तथा स्थानियको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । यस घटना बारे थप अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।