प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल वर्कशपमा आगलागी

२०७९-०७-१०

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६ तादिपुल स्थित ललन शाहको मोटरसाईकल वर्कशपमा कोही नभएको अवस्थामा अचानक आगोलागी भएको छ । वर्कशप भित्र मर्मत गरी राखिएको २ वटा मोटसाईकल र मोटरसाईकल मर्मत गर्ने अन्य पार्टपुर्जा सामाग्रीहरु उक्त आगलागीबाट जली नष्ट भएको छ । उक्त आगलागीबाट अन्दाजी रू.१४,०००,००/-(चौध लाख) बराबरको क्षती भएको छ । आगो स्थानियहरु र प्रहरीको सहयोगबाट पूर्ण रुपमा नियन्त्रणमा आएको हो । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।