प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षति

२०७९-०७-०८

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-२ तार्जे बस्ने राम बहादुर खड्काको घरमा अचानक बिधुत सर्ट भई आगोलागी भएको छ । आगलागीबाट निज खड्काको कच्ची घर जलि पुर्ण रुपमा क्षति भएको छ । आगलागीबाट घर भित्र रहेको भाँडा बर्तन,अन्न पात ,लत्ताकपडा, नगद रू २५००००/- (दुईलाख पचास हजार), सुन ४ तोला र चाँदी ५ तोला  समेत जलि अन्दाजी रू २८,७००००/- (अठ्ठाईस लाख सत्तरी हजार) बराबरको क्षति भएको छ । उक्त आगोबाट भने कुनै मानवीय तथा चौपाय क्षति भएको छैन । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।