प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कुकुर पूजा सम्पन्न

२०७९-०७-०७

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको केनाईन शाखामा रहेका कुकुरहरुको पूजा गरिएको छ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको अवसरमा बागमती प्रदेश प्रहरी प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले विभिन्न प्रजातिका तालिमप्राप्त कुकुरहरुको पूजा गर्नुभएको हो । कुकुर पूजा कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।