प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध काठ बरामद

२०७९-०७-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-७ चिसापानी खोल्सी कालापानी पाखा अन्तरे डाडा स्थित राष्ट्रिय बन भित्र वेवारिसे अवस्थामा सालको चिरान काठहरु फेला परेको छ । अस्थाई प्रहरी पोष्ट धियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली र बनको टोली सहित खटि गई हेर्दा ७७ थान (४३.४१ क्युफिट ) काठ फेला परेको हो । उक्त काठ अस्थाई बन कार्यलय बकैया हात्तिसुडेमा बुझाउने प्रकृया भईरहेको छ भने प्रहरीले आवश्यक अनुसन्धना कार्य पनि गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।