जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०७९-०७-०३
- A
- A-
- A+
चितवन, भरतपुर
महानगरपालिका-१६ सानोगढी स्थित राम माया घर्तीको जग्गामा युबराज गुरुङले सन्चालन
गरेको मीत बा खाजा घर एण्ड कटेजमा लुकिछिपी जुवातास खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी
कार्यालय नारायणगढबाट प्रहरी
निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटी गई जुवातास खेल्ने १० जना मानिसहरूलाई
पक्राउ गरी नगद रू. १३९९९०/-(एक लाख उनन्चालीस हजार नब्बे) रुपैया सहित निजहरुलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ ।