प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०७९-०७-०४

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१२ जिनाखु बस्ने नर बहादुर पाख्रीनको श्रीमती ४५ वर्षीय बनु माया तामाङको विषादी सेवनबाट मृत्यु भएको छ । निजले आफ्नै घरमा कोहि नभएको अवस्थामा बिषादी सेवन गरी छटपटाई रहेको अवस्थामा निजकै श्रीमानले फेला पारी उपचारको लागी सुमित माउण्ट अस्पताल दुधौली ल्याई उपचार गराईरहेकोमा डाक्टरले निज बनु माया तामाङलाई मृत घोषणा गरेको हो । घटनाको सम्बन्धमा प्रहरिले आवश्यक अनुसन्धना कार्या गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।