प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिष्फोटक पटाका सहित मानिस नियन्त्रणमा

२०७९-०७-०१

  • A
  • A-
  • A+
Share

सिन्धुलीकमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित प्रहरीले बिष्फोटक पटका सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि.राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा उक्त चेकपोष्टमा खटिएको चेकिङ टोलिले बर्दिबासबाट भिमान बजार तर्फ आउँदै गरेको ज.१.ह. २३७५ नं. को अटो चेकजाँच गर्ने क्रममा अटोको डिकी भित्र रहेको ८ वटा ठुलो प्याकेट प्रत्येक प्याकेटमा ७०० पिसका दरले जम्मा ५६०० पिस नागिन पटका फेला पारेको हो । अटो चालक सोही नगरपालिका-४, धुराफाट बस्ने २७ वर्षीय पारस थिङ रहेका छन । निजलाई अटो र पटका सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । उक्त अटोमा सवार सोहि नगरपालिका-६, धुरा बस्ने २२ वर्षीय बिबेक महतो र १७ वर्षीय संजिब साहलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।