प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न ६७ औं प्रहरी दिवस २०७९ विशेष दिवा कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित सम्मान गर्नुको साथै प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाण-पत्रसहित पुरस्कृत गरिएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालय लगायत मातहतमा कार्यरत १७ जना प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित तथा ९ जना प्रहरी कर्मचारीहरूलाई नगदद्वारा पुरस्कृत गरिएको हो ।  पुरस्कार वितरण कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले अब सम्पूर्ण जनशक्ति निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रहरी पोसाक लगाएको प्रहरी सदैव निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउँदै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले सबै नागरिकहरूलाई समान रूपले व्यवहार गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । दिवा कार्यक्रम दिउँसो ३ बजेदेखी ४:३० बजेसम्म संचालन भएको थियो ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।