प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी मृत्यु

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्‍चोक, रोशी गाउँपालिका-६ कुखुरेपाखा स्थित कटुन्जे तर्फ आउँदै गरेको बा २ क ८६०२ नं को JCB आफै अनियन्त्रित भई अन्दाजी ९५ फिट तल खोलामा खसेर दुर्घटना हुँदा JCB चालकको मृत्यु भएको छ । मृत्यु हुने चालक जिल्ला रामेछाप, दोरम्बा गाउँपालिका-२ बस्ने २५ वर्षीय जिवराज तामाङ रहेका छन । निज उक्त दुर्घटनामा घाईते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।