प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

६७ औं प्रहरी दिवस २०७९ विशेष कार्यक्रम सम्पन्न

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

    "६७ औं प्रहरी दिवस २०७९" को सु-अवसरमा आयोजित प्रहरी दिवस विशेष कार्यक्रम बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण तथा शहिद प्रति मौन धारण गरी कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने ८ जना अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्ने महानुभावहरू तथा बागमती प्रदेशकै सबैभन्दा ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन (Police Baton) २०७९ मा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापालाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको प्रशंसापत्र तथा बागमती प्रदेश अन्तर्गत सर्वोत्कृष्ट प्रदेश प्रहरी हुन सफल प्रहरी नायव उपरीक्षक मधु कुमार थापालाई प्रमुख अतिथि माननीय मुख्यमन्त्रीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, आन्तरिक मामिला तथा कानून सचिव, प्रदेश सुरक्षा समिति तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीहरू लगायतको उपस्थिति रहेको पहिलो चरणको कार्यक्रम विहान ८ बजे सुरु भई बिहान १० बजे समाप्त भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।