प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

६७ औं प्रहरी दिवस २०७९ विशेष कार्यक्रम सम्पन्न

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

    "६७ औं प्रहरी दिवस २०७९" को सु-अवसरमा आयोजित प्रहरी दिवस विशेष कार्यक्रम बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण तथा शहिद प्रति मौन धारण गरी कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने ८ जना अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्ने महानुभावहरू तथा बागमती प्रदेशकै सबैभन्दा ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन (Police Baton) २०७९ मा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापालाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको प्रशंसापत्र तथा बागमती प्रदेश अन्तर्गत सर्वोत्कृष्ट प्रदेश प्रहरी हुन सफल प्रहरी नायव उपरीक्षक मधु कुमार थापालाई प्रमुख अतिथि माननीय मुख्यमन्त्रीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, आन्तरिक मामिला तथा कानून सचिव, प्रदेश सुरक्षा समिति तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीहरू लगायतको उपस्थिति रहेको पहिलो चरणको कार्यक्रम विहान ८ बजे सुरु भई बिहान १० बजे समाप्त भएको थियो ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।