प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

वृक्षारोपण कार्यक्रम सम्पन्न

२०७९-०६-३०

  • A
  • A-
  • A+
Share

६७ औं प्रहरी दिवस २०७९ लाई विभिन्न कार्यक्रमहरू संचालन गरी मनाउने क्रममा वृक्षारोपण कार्यक्रम सम्पन्‍न भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ पाथिभरा मन्दिर परिसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले कपुरको बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा तथा बागमती प्रदेश विपद व्यवस्थापन गुल्म हेटौंडामा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तेजपत्ता, कपुर, अम्बा, कागती, अनार, जमुना, कोइराला, बयर, पारिजात, ईपिल, अमला, निम लगायतका प्रजातीका १६३ वटा बहुउपयोगी विरुवा रोपिएको छ । यसैगरी वृक्षारोपण पश्चात प्रहरी कर्मचारीहरूले मन्दिर परिसरको सरसफाई समेत गरेका छन् ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।