प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागी हुँदा २ करोड २५ लाख बराबरको क्षति

२०७९-०६-२८

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालिका-४, अठ्ठाईस किलो स्थित शम्भु कार्कीको घरमा संचालन गरेको चाउमिन Factory मा चाउमिन पकाउने क्रममा ग्याँसबाट अचानक आगलागी हुदाँ निज शम्भु कार्की सामान्य घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको । उक्त आगलागीमा चाउचाउ बनाउने मेसिन १५ थान, लत्ता कपडा र अन्य सरसामानहरू पूर्ण रुपमा जलि अन्दाजी  रू.२,२५,००,०००।- (दुई करोड पच्चीस लाख) मुल्य बराबरको क्षति भएको ।  घट्नाको सम्बन्धमा  आवश्यक अनुसन्धान कार्य भरिरहेको ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।