प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

क्रिकेट प्रतियोगिता सम्पन्न

२०७९-०६-२७

  • A
  • A-
  • A+
Share

६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकवानपुरले विजय हासिल गरेको छ भने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा उपबिजेता भएको छ ।  विजेता खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने  प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।