प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घट्ना

२०७९-०६-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उप-महानगरपालिका-१७, हटिया स्थित धरान-चौतरा सडक खण्डमा हटिया तर्फ आउदै गरेको ना४७प ७७६३ नम्बरको स्कुटर विपरित दिशा तर्फ फर्काउने क्रम्मा ना५च ३२८३ नम्बरको पिकअपले ठक्कर दिदा स्कुटरमा सवार १९ वर्षीय निलम गोले र २२ वर्षीय रंदिप थापा घाईते भई उपचारको लागि हेटौडा अस्पताल पठाएको । घट्नास्थल मुचुल्ला सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  दुवै सवारी र पिकअप चालक प्रहरीको नियन्त्रणमा ।

 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।