प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडेर मृत्यु भएको

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-४ कुरिनटार डाडाटोल स्थित घनश्याम कठायतको कुरिन्टार रिट्री रेष्टुरेन्टमा वाईरिङ गर्ने क्रममा एक जना पुरुष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने २३ वर्षीय बुद्व लामा रहेका छन् । निज अन्दाजी १२ फिट माथिबाट लडी घाईते भई उपचारको लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । लाश जाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।