प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडेर मृत्यु भएको

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-४ कुरिनटार डाडाटोल स्थित घनश्याम कठायतको कुरिन्टार रिट्री रेष्टुरेन्टमा वाईरिङ गर्ने क्रममा एक जना पुरुष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने २३ वर्षीय बुद्व लामा रहेका छन् । निज अन्दाजी १२ फिट माथिबाट लडी घाईते भई उपचारको लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । लाश जाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।