प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०६-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट नजिकै प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

बि.पि.राजमार्गमा भिमान चेकपोष्ट नजिकै गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा सिभिल टोली र ईलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलिले सोहि नगरपालिका-७ बस्ने अन्दाजी २५ वर्षीय बिमल बस्नेतले निलो रङको साईडमा भिर्ने ह्याण्ड ब्याग भित्र NITRAVET लेखिएको २० वटा पातामा ( एउटा पातामा ३० पिसको दरले जम्मा ६०० पिस मध्धे  २ पिस निकालेको) जम्मा ५९८ ट्याबलेट (चक्की) र निजले नै लगाएको Adidos कम्पनिको सेतो रङको जुत्ताभित्र पहेलो रङको प्लाष्टिक भित्र लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ अन्दाजी १ ग्राम सहित बाटोमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।