प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०६-०३

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-४ मासटार स्थित प्रहरीले लागुऔषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउने गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ४८ वर्षीय गणेश लामा रहेका छन् । प्रहरी चौकी बैरेनिबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलिले गल्छी-४ मासटार स्थित रहेको प्रतिक्षालयमा निज गणेश लामालाई शंका लागी चेकजाँच गर्दा निजले ल्याएको ४ वटा जेब्रा झोला र ३ वटा कपडाको झोला भित्र अन्दाजी ३५ के.जि. लागुऔषध गाँजा फेला पारेको थियो । प्रहरीले लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।