प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध धातु र विदेशी मुद्रा सहित मानिस नियन्त्रणमा

२०७९-०४-१७

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-३ थोपल स्थित प्रहरीले गोप्य सूचनाको आधारमा अवैध धातु सुन र विदेशी मुद्रा सहित मानिस नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि स्थित रहेको खोलाको पक्कि पुलमा लपाङफेदीबाट धादिङबेशी तर्फ आउँदै गरेको ग.१ ज ६७५३ नं.को तुफान फोर्स गाडिमा सुन जस्तो देखिने धातु र अमेरिकि डलर जस्तो देखिने नगद ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा उक्त नं.को गाडीलाई नियन्त्रणमा लिई चेक जाचँ गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २६ वर्षीय शोभा तामाङ र सोहि बस्ने ४५ वर्षीय बेग बहादुर तामाङले बोकेको प्लाष्टिकको झोला भित्र सुन जस्तो देखिने धातु (५८८.१ ग्राम), अमेरिकि डलर जस्तो देखिने नगद (५० को ५७ वटा-२८५० र,१०० को १६३ वटा-१६,३००) फेला परेको हो । प्रहरीले दुबै जना लाई नियन्त्रणमा लिई अनुसन्धान पश्‍चात निज बेग बहादुर तामाङको घर खानतलासि गर्दा निजको घरबाट अटोमेटिक पेस्तोल २ थान, सोको म्यागजिन २ थान, सोको गोलि २० राउण्ड, कटुवा पेस्तोल १ थान र सुन जस्तो देखिने पँहेलो धातु ५ थान बरामद गरी नियन्त्रणमा लिएको छ । प्रहरीले आवश्यक थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।