प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१३ स्थित रहेको महेन्द्र माध्यमिक विधालयको पछाडि जङगलमा लागुऔषध कारोवार भईरहेको छ भन्ने  विशेष सुचनाको आधारमा प्रहरी चौकी पदम पोखरी कार्यालयबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटि गई लागुऔषध डाईजोपाम ११ एम्पुल,नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित मेम्बर चोक बस्ने २३ वर्षीय निक्मा लामा  लाई नियन्त्रणमा लिईएको छ । निज निक्मा लामा लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी  जिल्ला प्रहरी कार्यालय तर्फ पठाएको ।

 

 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ४० वर्षीय महिलाको मृत्यु
२०८३-०१-०४

मकवानपुर, बागमती गाउँपालिका-७ पाथिभरा स्थित मदन भण्डारी लोक मार्गमा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाक प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटी गई बुझ्दा सोहि स्थानको सडकको बायाँ छेउमा रोकि रहेको ना २ ह ४५९२ नम्बर अटोलाई हेटौंडाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ३०८१ नम्बरको कारले ठक्कर दिदा दुबै सवारी साधनहरु सडकको नालिमा खस्न गई दुर्घटना हुँदा अटोमा सवार ३ जनालाई उपचारको लागी अस्पताल लगिएकोमा बागमती गाउँपालिका-७ बस्ने वर्ष ४० की चिनी माया रूम्बालाई डाक्टरले मृत घोषणा गरेको र २ जनाको उपचार भईरहेको छ ।