प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१३ स्थित रहेको महेन्द्र माध्यमिक विधालयको पछाडि जङगलमा लागुऔषध कारोवार भईरहेको छ भन्ने  विशेष सुचनाको आधारमा प्रहरी चौकी पदम पोखरी कार्यालयबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटि गई लागुऔषध डाईजोपाम ११ एम्पुल,नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित मेम्बर चोक बस्ने २३ वर्षीय निक्मा लामा  लाई नियन्त्रणमा लिईएको छ । निज निक्मा लामा लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी  जिल्ला प्रहरी कार्यालय तर्फ पठाएको ।

 

 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।