प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

संकास्पद औषधी सहित मानिस नियन्त्रणमा

२०७८-१२-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा  ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ईटहरीबाट काठमाण्डौं तर्फ आउँदै गरेको ना.८.ख ३२९४ नं.को चाउचाउ लोड गरेको ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त ट्रकको Dashboard मा लुकाई छिपाई ल्याएको निम्न अनुसारको औषधी लागुऔषध जस्तो देखिने फेला परेको थियो । प्रहरीले उक्त ट्रक, ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका-२ बस्ने २४ वर्षीय सन्देश तामाङ र त्यसमा सवार सोहि स्थित बस्ने २४ वर्षीय उमेश परियार समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

निम्न अनुसारको औषधीहरूः

१)     Tramadol Hydrochloride Capsules Tramol-50 लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको)

२)     SPASMO-७ पिस (१ पत्तामा १० पिस हुनुपर्नेमा ७ पिस मात्र रहेको)

CTZ (सी.टी.जेड)-११ पिस (१ पत्तामा १४ पिस हुनुपर्नेमा ११ पिस मात्र रहेको)

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।