प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट सर्ट भई आगलागि हुँदा लाखौंको क्षति

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-६ बिचबजार स्थित बालकृष्ण श्रेष्ठको घरको सटरमा सञ्चालनमा रहेको संसार टेलर्समा अचानक करेन्ट सर्ट भई आगलागि भएको छ । उक्त टेलर्स सोहि नगरपालिका-१ देउराली बस्ने ४३ वर्षीय पदम बहादुर श्रेष्ठले संचालन गर्दै आएका थिए । आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । उक्त आगो बाट कुनै मानबिय तथा चौपाय क्षती भने नभएको तर निम्न सरसमान जली नष्ट हुँदा अन्दाजी रू. १०,००,०००।– (दश लाख) बराबरको क्षति भएको छ ।

निम्नः

१.      काठको कपडा राख्ने र्‍याक थान १  ।

२.     टेलर मेसिन थान ३  ।

३.     टेबुल थान १  । र टेलर्समा रहेको कपडा र अन्य सामान जलि नष्ट भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।