प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यु

२०७८-१२-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-२ गागन बजार स्थित मदनभण्डारी राजमार्गमा मोटरसाईकल दुर्घटना भई एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुने युवक जिल्ला मोरङ इटहरा गाउँपालिका-४ बस्ने २२ वर्षीय अबिशेक भट्टराई रहेका छन् । निज प्र.१-०२-०४४ प. ५००९ नं. NS 200 पल्सर मोटरसाईकलमा भिमान बाट डकाहा तर्फ जाँदै गर्दा दुधौली नगरपालिका-२ गागन बजार स्थित मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट बायाँ तर्फ अन्दाजी ३५ फिट तल झरी दुर्घटना भएको हो । उक्त दुर्घटनामा निज मोटरसाईकल चालक अबिशेक भट्टराईको बायाँ हात, बायाँ खुट्टा भाँचिएको नाकबाट रगत बगि बेहोस रहेको अवस्थामा प्रहरीले फेला पारि निजको उपचारको लागी चन्दनपुर ओम साई मेडिकलमा लगिएकोमा डाक्टरले निजलाई हेर्दा मृत घोषणा गरेको थिए । घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।