प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-१२-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, मरिण गाउँपालिका-२ सानो गर्दवा स्थित विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्र.नि.को कमाण्डमा १० जनाको प्रहरी टोली खटिगई निम्न स्थान बस्ने निम्न मानिसहरुको घर तथा आसपास यरियाहरुमा खानतलासी गर्ने क्रममा घर देखी अन्दाजी ३०० मिटर नजिकै खेतको मकैबारीमा बोरामा प्याकिङ गरी लुकाई छुपाई राखेको अवस्थामा अन्दाजी २८ के.जि. लागु औषध गाँजा फेला पारि निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कपिलाकोटमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।

निम्न स्थान बस्ने निम्न मानिसहरूः-

१) जिल्ला सिन्धुली मरिण गा.पा. २ सानो गर्दवा बस्ने  शोभा सिंह मोक्तानको छोरा अन्दाजी वर्ष ४० को दल बहादुर मोक्तान

२) सोहि स्थित बस्ने प्रेम कुमार जिम्बाको छोरा अन्दाजी बर्ष १८ को पेम्बा दोर्जे जिम्बा

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।