प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-०३

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-९ दुधौली बजार स्थित रहेको स्ट्यान्डर होटलमा जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-३१ रातोपुल घर भई हाल दुधौली नगरपालिका-९ दुधौली बजारमा कोठा गरी बस्ने अन्दाजी २८ वर्षीय रमेश महतोलाई प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको छ । निजको साथबाट पोका पारेको पलाष्टिक सहितको 0.230 ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरि पुन; निज बस्ने गरेको कोठामा समेत खानतलासी गर्दा निज सुत्ने गरेको खाटको डस्ना मुनि बाट पलाष्टिक सहितकको 16 पोकाको 1.750 ग्रामको खैरो हिरोइन जस्तो देखिने पदार्थ  र सोहि कोठामा रहेको काठको दराजको माथी बाट 55 ग्राम गाँजा जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ र बरामद गरेको लागु औषध सहित निज रमेश महतोलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धान कार्य भैरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।