प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मेसिनले च्यापी मृत्यु

२०७८-१२-०३

  • A
  • A-
  • A+
Share

मकवनापुर, हेटौडा उप-महानगरापालिका-१६ स्थित रहेको शिवम् सिमेन्ट फ्याक्ट्रिमा सिमेन्ट पेल्नी रोलर मेसिन मर्मत गर्ने क्रममा देश भारत पश्चिम चम्पा सिक्टा घर भई हाल सोहि सिमेन्ट फ्याक्ट्रि भित्र क्वाटरमा बस्ने २२ वर्षीय नखिब अख्तर अचानक मेसिनमा परी गम्भिर घाईते भई उपचारको लागी हेटौडा अस्पतालमा ल्याउनासाथ डाक्टरले निजलाई मृत घोषणा गरेको थियो । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।