प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मेसिनले च्यापी मृत्यु

२०७८-१२-०३

  • A
  • A-
  • A+
Share

मकवनापुर, हेटौडा उप-महानगरापालिका-१६ स्थित रहेको शिवम् सिमेन्ट फ्याक्ट्रिमा सिमेन्ट पेल्नी रोलर मेसिन मर्मत गर्ने क्रममा देश भारत पश्चिम चम्पा सिक्टा घर भई हाल सोहि सिमेन्ट फ्याक्ट्रि भित्र क्वाटरमा बस्ने २२ वर्षीय नखिब अख्तर अचानक मेसिनमा परी गम्भिर घाईते भई उपचारको लागी हेटौडा अस्पतालमा ल्याउनासाथ डाक्टरले निजलाई मृत घोषणा गरेको थियो । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।