प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध अफिम सहित मोटरसाईकल नियन्त्रणमा

२०७८-१२-०२

  • A
  • A-
  • A+
Share

वनापुर, कैलाश गाउँपालिका-७ रतुवा स्थित भित्री ग्रामिण सडक खण्डमा विशेष सुचनाको आधारमा तामलाङबाट रतुवा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००३ प.१४१० नं. को १५० सि.सी.को पल्सर मोटरसाईकल र Ontest २२० सि.सि.को पल्सर मोटरसाईकललाई ई.प्र.का.मनहरी र प्र.चौ.भार्ताबाट प्र.स.नि.को कमाण्डमा तथा प्र.चौ.चैनपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले रोक्न खोज्दा दुवै जनाले मोटरसाईकल छोडि भागेकोमा Ontest मोटरसाईकल चालकले फालेको पछाडी भिर्ने झोला खोली चेकजाँच गर्ने क्रममा झोला भित्र ५ किलो अफिम, ५०० सयको दरले २०० थान नेपाली नोट रु.१,००,०००।– (एकलाख) र महालक्ष्मी विकाश बैंकको दिलिप कुमार लामाको नाममा रहेको ब्ल्यांक चेक थान-२ सहित फेला पारी ई.प्र.का.मनहरी मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । २ वटै मोटरसाईकल प्रहरीको नियन्त्रणमा, फरार मोटरसाईकल चालकहरुको खोजतलाश कार्य जारी रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।