प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी मृत्यु

२०७८-११-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-२ गागन पुलमा स्थित मोटरसाईकल दुर्घटनामा परी एक युवको मृत्यु भएको छ ।

मृत्यु हुने जिल्ला खोटाङ जन्तेढुङ्गे गाउँपालिका-६ निगालवास भन्ज्याङ घर भएका २८ वर्षीय अबिनास राई रहेका छन् । निजले चलाएको प्र. नं. १-०४-००१ प. १६०६ नं. को यामाहा मोटरसाईकल डकाहा बाट भिमान तर्फ जाँदै गर्दा दुधौली नगरपालिका-२ रहेको गागन पुलमा आँफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । मृतक अबिनास राई ईलाका प्रहरी कार्यालय बोयाङ भोजपुरमा कार्यरत रहेका थिए । दुर्घटनामा परेका निज राईको दाहिने पट्टिको छातिमा दरालिएको चोट भई ओमकृष्ण पोलिक्लिनिक्स चन्दनपुरमा उपचार भईरहेकोमा थप उपचारको लागी बर्दिबास स्थित जनसेवा अस्पतालमा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।