धादिङमा लागुऔषध गाँजा र अफिम सहित दुई जना मानिस पक्राउ
२०८२-१२-२९
- A
- A-
- A+
धादिङ गजुरी गाउँपालिका-१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग
सडक खण्डमा विशेष सुराकीको आधारमा यस इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक
बलराम श्रेष्ठको कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरीतर्फ आउदै गरेको बा
५ ख ७५३७ नम्बरको आईचरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कालो
त्रिपालले छोपेको ९ ( नौ ) वटा सेतो कलरको बोराभित्र खोली हेर्दा पहेलो कलरको
प्लाष्टिकले बेरी पोका पारी राखेको अवस्थामा २८६ किलो ४०० ग्राम लागुऔषध गाँजा र
२०० ग्राम अफिम जस्तो देखिने चिजवस्तु फेला परेको हो । उक्त लागूऔषध गाँजा र अफिम जस्तो
देखिने चिजवस्तु भेटिए पश्चात आईचर चालक र आईचरमा सवार एक व्यक्तिलाई नियन्त्रणमा
लिईएको हो । पक्राउ पर्नेमा आईचर चालक जिल्ला धादिङ नीलकण्ठ न.पा. ८ बस्ने
हिरालाल बि.क. को छोरा वर्ष अन्दाजी २२ को अम्मर बि.क. र आईचरमा सवार जिल्ला धादिङ
सिद्वलेक गा.पा.-५ बस्ने लाल बहादुर बि.क. को छोरा वर्ष अन्दाजी १९ को होम बहादुर
बि.क. रहेको छ । यस घटनामा थप अनुसन्धान कार्य भई रहेको छ ।