लागुऔषध सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-१२-२७
- A
- A-
- A+
सिन्धुली कटारी नगरपालिका-९ भिमान
चेकपोष्ट स्थित वि.पी.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको ट्राफिक सहितको
टोली, लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबास
र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा
केनाई शाखामा खटिएको तालिम प्राप्त कुकुर जुनु (लागूऔषध खोजी गर्ने)
सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९७२६ नम्बरको हायसमा सवार जिल्ला सुनसरी
धरान उपमहानगरपालिका-५
बस्ने वर्ष अन्दाजी २४
को उज्जल कार्कीको ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा SPASTAIN-43 tablet, Tramadol-43 tablet, र निजले साथबाट लागूऔषध
खैरो हिरोइन जस्तो देखिने गिलो
पदार्थ ३२० मिलिग्राम फेला परेको हो । त्यस्तै धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख
७७९५ नम्बरको
हायसमा सवार जिल्ला कैलाली धनगढी उपमहानगरपालिका-१
बस्ने वर्ष ३१ को मिन कुमार चौधरीको ब्यागभित्र लुकाई छिपाई ल्याएको लागूऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ३.१५०
ग्राम फेला परेको हो । उक्त लागूऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य
भई रहेको छ ।