लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-०१
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१२, कोल्टे घोल स्थित प्रहरी चौकी नारायणगढ बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको २ जनाको गस्ती टोलीले जिल्ला चितवन कालिका नगरपालिका-३, बस्ने वर्ष २० को सरोज खड्कालाइ शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट ट्रामाडोल २०७ पिस र भुमिन २०८ पिस फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवन तर्फ पठाइएको ।