लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०२-१६
- A
- A-
- A+
सिन्धुली हरिहरपुरगढी गाउँपालिका-०२
झनझने स्थित मदनभण्डारी राजमार्गमा रहेको प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले
चेकजाँच गर्ने क्रममा हेटौंडाको कुलेखानीबाट सिन्धुली तर्फ आउँदै गरेको जिल्ला
रौतहट गरुडा नगरपालिला-०४ बस्ने अन्दाजी वर्ष १९ को गोपाल साहले चलाएको प्र.२-०३-००१
च ५६७१ नम्बरको बलेरो पिकअपमा लुकाई-छिपाई ल्याएको अन्दाजी १०७.११ के.जि. लागूऔषध गाँजा
बरामद गरिएको छ । उक्त बरामद गाँजा सहित गाडी र चालकलाई नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भई रहेको छ ।