प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

एक दिवसिय प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८१ सम्पन्न ।

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती  प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा जिल्ला काभ्रे, धुलिखेल स्थित धुलिखेल लज एण्ड रिसोर्टको  सभाहलमा माननीय  आन्तरिक मामिला तथा कानून मन्त्री  सुरज चन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।

गोष्ठीमा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यू, उच्च अदालत पाटन ललितपुरका माननीय न्यायाधीश श्याम कुमार भट्टराइज्यू, मुख्य न्यायाधिवक्ता सुकदेव काफ्लेज्यू,  काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू, सहन्यायाधिवक्‍ता सुर्य राज दाहालज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्माज्यू, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्रहरी नायव महानिरीक्षक अरूण पौडेलज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यू हरू, जिल्ला न्यायाधिवक्ताज्यू, जिल्ला प्रहरी कार्यालय एवं कसूको अनुसन्धान गर्ने प्रमुखहरु तथा अनुसन्धान अधिकृतहरू, नेपाल पत्राकार महासघं काभ्रेका अध्यक्षय लगायत संचारकर्मीज्यूहरुको उपस्थिती रहेको थियो।

गोष्ठीलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना  निर्माण र अपराध अनुसन्धानमा आवश्यक स्रोत र साधनको व्यवस्थापनमा बागमती प्रदेश सरकारले  नियमित रुपमा  सहयोग उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही क्रममा प्रहरी महानिरीक्षकज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । 

गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, महान्यायाधिवक्‍ताको कार्यालय, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालयहरूको तर्फबाट प्रस्तुत गरिएको प्रस्तुतिकरण पश्‍चात नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतज्यूले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको सम्बन्धमा अन्तरक्रिया तथा छलफल सहित निर्देशन सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी  नायब महानिरीक्षक  कृष्ण हरि शर्माज्यूले अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतज्यूलाई मायाको चिनो प्रदान गरी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।