प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध अफिम सहित मानिस नियन्त्रणमा

२०८१-११-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-८, देबकोट स्थित भित्रि सडक खण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको चेकिङ टोलिले देबकोटबाट मेनरोड तर्फ आउँदै गरेको ग. ६ प. ४५८४ न. को मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सोहि बस्ने अन्दाजी वर्ष ३२ को राज कुमार तामाङले मोटरसाईकलको बाँया साईडको लेगाडमा प्लास्टिक भित्र लुकाई छिपाई ल्याएको लागुऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५३० ग्राम फेला परेको । निजलाई लागुऔषध अफिम सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।