प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अबैध सामान सहित मानिस नियन्त्रणमा

२०८१-१०-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, जुगेडी चेक पोष्ट स्थितमा गोप्य सूचनाको आधारमा भारतबाट काठमाण्डौं तर्फ जाँदै गरेको HR63C6154 नम्बरको भारतीय ट्रकमा अबैध सामानहरु छ भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ चेकजाँच गर्दा उक्त ट्रकमा भन्सार नकाटी अबैध रुपमा ल्याइएको निम्न सामानहरु, ट्रक र ट्रक चालक देश भारत दिल्ली सनैयापुर बस्ने ३८ वर्षीय जय किशन र सह-चालक सोही ठेगाना २३ वर्षीय सनोज मिश्र सहितलाई बरामद गरि अन्य अनुसन्धान कार्य भईरहेको छ ।

 बरामद गरेको निम्न सामानहरुः-


१. बिभिन्न रङको कुर्ताः-१३३० थान

२. ZARA लेखिएएको सर्टः- ४२ थान

३. POLO लेखिएको सर्टः-६२ थान

४. PUMA लेखिएको टि-सर्टः-८८ थान

५. TOMMY HILFIGER लेखिएको टि-सर्टः-४० थान

६. NIKE लेखिएको टि-सर्टः-२२० थान

७. UNDER ARMOUR लेखिएको टि-सर्टः-५८ थान

८. ESSENTIAL लेखिएको टि-सर्टः-३० थान

९. RARE RABBIT लेखिएको टि-सर्टः-९५ थान

१०. H&M लेखिएको टि-सर्टः-१० थान

११. POLO लेखिएको टि-सर्टः-२० थान

१२. ORIGINALC लेखिएको टि-सर्टः-४८ थान

१३. AIRPOD: -९२ थान

१४. 45W POWER ADAPTER: -५० थान

१५. SAMSUNG लेखिएको 25W-ADAPTER: -६० थान

१६. रातो रङको PE-LD लेखिएको DATA CABLE: -३३ थान

१७. MAG CAFÉ CHARGE लेखिएको चार्जरः-१० थान 

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।