प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

एक विद्यालय, एक ट्राफिक शिक्षक कथनको साथ ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८१-१०-११

  • A
  • A-
  • A+
Share

जिल्ला चितवन भरतपुर म.न.पा. १० स्थित नारायणी नमूना माध्यमिक विद्यालयको सभाहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आयोजना गरेको समुदाय प्रहरी साझेदारी सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि सवारी नियम बारे ज्ञान प्रदान गर्ने उद्धेश्यले एक विद्यालय, एक ट्राफिक शिक्षक (TRAFFIC TEACHER) कथनको साथ ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यू,नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशकज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखज्यू, नेपाल शिक्षक महासंघका अध्यक्षज्यू, यातायात व्यवस्था कार्यालय चितवनका प्रमुखज्यू, विभिन्न स्कुलका शिक्षक/शिक्षिकाज्यूहरु, संञ्चारकर्मीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु गरी करिब १५८ जनाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
५२ किलोग्राम लागुऔषध गाँजा सहित १ जना मानिस नियन्त्रणमा
२०८२-०१-०४

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ती स्थित ब्रर्मादेवी सामुदायिक बन भित्र सोहि मनहरी गाउँपालिका-६, रुपाचुरीबाट नयाँबस्ती तर्फ ७/८ जना व्यक्तिहरुले पिठ्युमा लागुऔषध गाँजाको पोका बोकेर पैदल आउँदै छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटी जाँदा उक्त व्यक्तिहरुले प्रहरी टोलिलाई देख्ना साथ निजहरूले बोकेको लागुऔषध गाँजाको पोका सोही जंगलमा फालेर भाग्ने क्रममा एक जना जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, नयाँवस्ती बस्ने वर्ष अन्दाजी ५० को बाबुराम मोक्तानको साथबाट ८ के.जी. लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको र जम्मा प्लास्टिक सहित तौल गर्दा लागुऔषध गाँजा ५२ के.जि. फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०१-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा  प्रहरी चौकी राटोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले नारायणगढबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ७ ख १५८७ को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-९, कुरले बस्ने वर्ष अन्दाजी २४ को कमल प्रजा र कैलाश गाउँपालिका-१०, बेतिघारी बस्ने वर्ष अन्दाजी २९ की सुमित्रा प्रजाले बोकेको खैरो रंगको झोलामाथी संका लागी निजहरुको शरिर र झोला चेकजाँच गर्दा कमल प्रजाको साथबाट अन्दाजी ६ के.जि. र सुमित्रा प्रजाको साथबाट अन्दाजी ६ के.जि. लागुऔषध गाँजा गरी जम्मा अन्दाजी १२ के.जि. लागुऔषध गाँजा फेला परेको । निजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर  तर्फ पठाईएको ।