प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एक पुरूषको मृत्यु

२०८१-०९-११

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-१०, कठार स्थित भित्री सडक खण्डमा ना५ख ३९८ नम्बरको  इन्टरनेशनल बोर्डिङ स्कुलको बस र प्रदेश.३-०३-००१प ४७९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकल चालक सोहि बस्ने वर्ष ५५ को बसन्त कुमार चौधरीको शरीरको विभिन्न भागमा चोट लागी उपचारको लागी एलाइभ अस्पताल भरतपुर पठाएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । बस चालक जिल्ला चितवन खैरहनी नगरपालिका-५, बस्ने वर्ष ५४ को राजकुमार महतो, बस र मोटरसाईकल इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।