प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी मृत्यु

२०७८-०९-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-७ डम्वरखाडी स्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने दुधौली नगरपालिका-७ कत्ले खोला बस्ने ५५ वर्षीय बिर बहादुर मगर रहेका छन् । निज सोहि नगरपालिका-११ बस्ने लाल बहादुर मगरले चलाएको प्रदेश २-०१-००१ प. ५२०७ नं.को मोटरसाईकलमा सवार रहेका थिए । उक्त मोटरसाईकल र प्रदेश २-०१-००१ प. ८१५४ नं.को स्कुटी आफै अनियन्त्रित भई मदनभण्डारी राजमार्गमा दुधौली नगरपालिका-७ डम्वरखाडी स्थित एकआपसमा ठोकिन जाँदा स्कुटी चालक जिल्ला उदयपुर कटारी नगरपालिका-५ तिनतले बस्ने एक बहादुर आले, स्कुटीमा सवार सोहि बस्ने दिप पोखरेल र मोटरसाईकल चालक लाल बहादुर मगर समान्य घाईते भई कटारी अस्पतालमा उपचार भईरहेको छ भने उक्त मोटरसाईकलमा सवार बिर बहादुर मगर गम्भिर घाईते भई थप उपचारको लागी बिराटनगर लैजाँदै गर्दा बाटोमा नै निज लाल बहादुर मगरको मृत्यु भएको हो । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।