प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-१८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६, लप्टन डाँडा नजिकै गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर महानगरपालिका-१६, राधा कृष्ण टोल स्थितमा विकास तामाङको गोठमा जिल्ला चितवन, भरतपुर महानगरपालिका-१९, रामपुर बस्ने ३० वर्षीय विवेक गुरुङ, ऐ.ऐ. बस्ने वर्ष ३५ को विशाल तामाङ, ऐ.ऐ. लामाचोक बस्ने वर्ष ३५ को राजकुमार लामा तामाङ, ऐ.ऐ. १७ हरैया बस्ने वर्ष ३३ को अशोक ठाकुर हजाम, ऐ.ऐ. १६ गुरुङचोक बस्ने वर्ष ३८ को अशोक तामाङले लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सेवन गर्दै गरेको अवस्थामा फेला पारी निजहरुको साथबाट लागू औषध (ब्राउन सुगर) ३ ग्राम ६० मिली ग्राम, लागु औषध नाप्ने तौल मेसिन थान १,  नगद १५,२३० (१५ हजार दुईसय), मोवाईल थान ५, लागू औषध सेवन गर्नको लागि प्रयोग गरेको ब्लेड,लाइटर,५वटा सिक्का, थाल तथा तान्न प्रयोग गर्ने बेरेको अवस्थामा रहेको रू.५ र रू.१० को ६ वटा नोट सहित फेला पारी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।