प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अचानक आगलागी हुँदा करोडौंको नोक्सान

२०७८-०९-१४

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-११ ख्याकु स्थित सिवानी काठ फर्निचर तथा सवमिलमा अचानक आगोलागी भएको छ ।

उक्त फर्निचर तथा सवमिल सोहि स्थित बस्ने सरोज थापाले संचालन गर्दै आएका थिए । फर्निचर मिलमा अचानक आगलागी हुँदा निजले संचालन गरेको काठको फर्निचर, सवमिल र राईस मिल पुर्ण रुपमा जलि नष्ट भएको तथा फर्निचर नजिकै रहेको सोहि बस्ने लुद्र थापाको तिन तले पक्की घरको उत्तर साईटमा रहेको झ्यालहरु जलि आम्सिक क्षति भएको र सोहि बस्ने श्रीकृष्ण थापाको बा ६ ख ४९५९ नं.को बोलेरो गाडीको अगाडी सिट र बाहिरी भागमा आम्सिक क्षति भएको उक्त स्थानमा साईट लगाई राखेको हाईलाईन बोर्डिङ स्कुलको बा ३ ख ६२०४ नं.को स्कुल बसको अगाडी बाहिरी भागमा आम्सिक क्षति भएको छ । उक्त आगो स्थानिय, प्रहरी, नेपाली सेना तथा दम्कलको सहयोग बाट पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । आगलागी बाट कुनै मानविय क्षति नभएको तर जलि नष्ट भएको सम्पुर्ण धनसम्पत्ति गरी अन्दाजी १ करोड २० लाख बराबरको क्षति भएको छ । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार