प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-०९-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्ट स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।

प्रहरीको नियन्त्रणमा आउने जिल्ला धनुषा नगराईन नगरपालिका-२ बस्ने ३६ वर्षीय सुबोध मण्डल र जिल्ला पर्सा पटेरवा सुगौली गाउँपालिका-३ सुनबर्सा बस्ने ३९ वर्षीय मुकेश राउत चौधरी रहेका छन् । निजहरुलाई पुर्व-पश्चिम सडक खण्डमा रातोमाटे चेकपोष्ट स्थित प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडा तर्फबाट  बिरगंज तर्फ जाँदै गरेको NL01C3654 नं.को भारतिय स्कार्पिओ गाडीलाई शंका लागी रोकी चेकजाँच गर्दा उक्त गाडीको पछाडी पट्टिको सिट मुनि रातो प्लाष्टिकले बेरी पोका बनाई जेब्रा झोला र बोरामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा ३ पोका अन्दाजी ३० किलो लागुऔषध गाँजा फेला पारी प्रहरीले नियन्त्रणमा लिईएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार