प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१ को निरीक्षण सम्पन्न‍

२०८१-०५-१३

  • A
  • A-
  • A+
Share

प्रहरी कार्यालयहरूको प्रहरी सेवा प्रवाहको स्तरमा सुधार गर्न, सङ्गठनको कार्य सम्पादनमा स्रोत साधनको व्यवस्थापनमा मितव्ययिता, उपयोगमा कार्य दक्षता र उद्देश्य प्राप्तिमा प्रभावकारी मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरू सहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” मापदण्ड बमोजिम बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा आज निरीक्षण सम्पन्न भएको छ । केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू, प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाज्यू सहितको प्रहरी टोलीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यावस्थापन, कार्यसम्पादनको स्तर, आन्तरिक व्यावस्थापन, सरसफाइ, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यास,  रचनात्मक कार्यको प्रयास  लगायत मेश र ब्यारेकको  निरीक्षण तथा वृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षणको क्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूद्वारा समग्र बागमती प्रदेशको वस्तुस्थिति सहित शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधन व्यवस्थापन, मानव श्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि, सृजनात्मक तथा रचनात्मक कार्य लगायतका विषयवस्तुहरूको प्रस्तुतीकरण गर्नु भएको थियो । 

    निरीक्षण पश्चात् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनले कार्यालयगत कामकारवाहीमा भएका कमी कमजोरीहरु निर्क्यौल गरी  कार्यालयको कार्य सम्पादनमा थप प्रभावकारीता ल्याई कार्यदक्षता वृद्धि गर्ने कुरामा जोड दिनु भएको थियो । सोही अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूले प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।