प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८१-०५-०६

  • A
  • A-
  • A+
Share

नुवाकोट, सुर्यगढी गाउँपालिका-५, डाँडागाँउ बस्ने हरिशरण राईको श्रिमती अन्दाजी वर्ष १९ कि कान्छि राई आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी गम्भिर घाईते भई जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा ल्याई उपचार भई रहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-३१

धादिङ गजुरी गाँउपालिका-१ गजुरी स्थित पृथ्विलोक मार्गमा काठमाण्डौंबाट भैरहवातर्फ जादैँ गरेको लु २ ख ४५२९ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलिले उक्त बस चेकजाँच गर्ने क्रममा धादिङ गजुरी गाँउपालिका-४ बस्ने वर्ष ३४ को वृद्धिलाल तामाङ, वर्ष ३२ को सिताराम तामाङ र जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ बस्ने वर्ष २४ को शिशु योन्जनको झोलाभित्र लागूऔषध गाँजा अन्दाजी २६ के.जि. फेला परेको हो । उक्त गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।