प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

राप्ती खोलामा मानिस मृत अवस्थामा फेला

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, राप्ती पुलबाट अन्दाजी ५०० मिटर तल राप्ती खोलामा जिल्ला मनवानपुर, हेटौंडा उपमहानगरपालिका-११, सिमलटार बस्ने अन्दाजी ८० वर्षीय खड्ग बहादुर राई मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहिति थप अनुसन्धान कार्य भईहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

सिन्धुली, कमलामाई नगरपालिका-८, बाधमारा जंगलमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिन्धुलीबाट खटिगएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसले बोकेको पछाडि भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध (EXIPLON – १५ बोतल (प्रति पिस १००ml), WINCEREX COUGH SYRUP – १४ बोतल (प्रति पिस १००ml) ) सहित २ जना मानिस सहित निजहरुले प्रयोग गरेको बा ९३ प ८८०८ नम्बरको पल्सर मोटरसाईकल र लागुऔषध खरिद गर्नको लागि आएका निम्न स्थान बस्ने निम्न व्यक्तिहरु र  प्रदेश २-०३-०२२ प ४४५० नम्बरको मोटरसाईकल समेत जिल्ला सिन्धुली कमलामाई नगरपालिका-८, हर्दिया स्थित नेहा पेट्रोल पम्पबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।ला.औ.सहित नियन्त्रणमा लिएको निम्न मानिसहरु  :- १)  जि. महोत्तरी औरी न.पा. ७ बस्ने बर्ष २१ को जय साह । २) जि. सिन्धुली क.न.पा. ७ माझिटार बस्ने बर्ष २० को दिलसन भन्ने लोकविक्रम आले मगर ।ला.औ.खरिद गर्न आएका निम्न मानिसहरू :-१)     जि. सिन्धुली क.न.पा. ५ चिसापानी बस्ने वर्ष २३ को मिलन पाख्रिन २)     ऐ.ऐ. ६ धुरा बजार बस्ने वर्ष २७ को सौगात लामा । 

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बा.प्र.०३-००१ ज ०३०३ नम्बरको माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-२, सुनारेसहर बस्ने अन्दाजी ३२ वर्षीय दुर्गा लामालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले शरिरको भागमा टेपले बेरेर लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।