प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८१-०१-२६

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोसी गाउँपालिका-७, सकरकटेर बस्ने ४६ वर्षीय बिक्रम खड्का RHINO 505 INSECTNCNDE नामक बिषादी सेवन गरी आफ्नै घरभित्र उत्तानो परी मृत अबस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८१-०२-०५

नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी स्थित पुरगाउँबाट समुन्द्रटार तर्फ आउँदै गरेको बा २ ख ६३८१ नम्बरको बसले राउत बेसीबाट पुरगाउँ तर्फ जाँदै गरेको बा.प्रदेश ०२-०२ प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी बस्ने ४३ वर्षीय अक्सर तामाङको टाउको र खुट्टामा चोट, मोटरसाईकल पछाडी सवार  निजकि श्रीमती अन्दाजी ४० वर्षीया रुपसानी तामाङ खुट्टामा चोट ,अवस्था गम्भिर भएकोले दुवै जना घाइतेहरुलाई उपचारको लागी काठमाण्डौ पठाइएकोमा रुपसानी तामाङको ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल र बस सहित बस चालक जिल्ला नुवाकोट, तादी गाउँपालिका-५ बस्ने अन्दाजी ३६ वर्षीय मनहरि मगरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८१-०२-०१

चितवन, रत्ननगर नगरपालिका-३, शान्तीचोक स्थित पूर्व पश्चिम सडक खण्डमा टांडीबाट खैरहनी तर्फ जाँदै गरेको ना. ३७ प ४९०९ नम्बरको मोटरसाईकललाई ना ४ ख ४१२८ नम्बरको कोक बोक्ने डिब्बा ट्रकले ठक्कर दिंदा मोटरसाईकल चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-८ बस्ने ३३ वर्षीय प्रविण कुंवर गम्भीर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा निजको मृत्यु भएको छ । उक्त कोक बोक्ने ट्रक सहित ट्रक चालक चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय नवीन उप्रेतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।