प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक बलेफि गाउँपालिका-४ करङगैरा घर भई हाल अन्दाजी ३० वर्ष देखी आफ्नै बहिनि ज्वाई जुगल गाउँपालिका-४ तल्लो पाकु बस्ने बिर बहादुर लामिछानेको घरमा बस्दै आएको वर्ष अन्दाजी ६०/६५ को राम बहादुर कार्की आफु सुत्ने कोठाको काठको बलोमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रण सम्बन्धमा
२०८३-०३-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट स्थित सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक EV गाडीमा सवार भई आएका मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई शङ्काको आधारमा कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएपछि उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।