प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश प्रदेश तालिम केन्द्र दुधौली, सिन्धुली तथा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको निरीक्षण तथा निर्देशन सम्बोधन ।

२०८०-१०-२१

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्र.ना.म.नि.ज्यूबाट तालिम केन्द्रको समग्र कार्य संचालनको अवस्था, अभिलेखिकरण, मेस, कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण आचरण व्यवहार, प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि कार्यक्रमहरू लगायत दिइएको जिम्मेवारी त्रुटि रहित ढङ्गबाट सम्पादन गर्नु पर्ने विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएको थियो । 

            साथै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूबाट जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहत कार्यालयका प्रमुख समेत उपस्थित प्रहरी कर्मचारीहरुलाई संगठनको नीति र निर्देशन अनुसार आफ्नो ज्ञान, वुद्धि र विवेकको सहि प्रयोग गरी नागरिक मैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन सम्बोधन गर्नु भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।